Logo

सबै नागरिकको बैंक खाता, पूँजी बजारको विस्तार गरिने

सबै नागरिकको बैंक खाता, पूँजी बजारको विस्तार गरिने



काठमाडौं । सरकारले प्रत्येक नागरिकको बैंक खाता खोल्ने भएको छ । सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकको बैंक खाता खोल्ने घोषणा गरेको हो ।

साथै सरकारले अबका दिनमा वित्तीय क्षेत्रको लगानीको प्रमुख हिस्सा पूँजी निर्माण र उत्पादन बृद्धिमा प्रवाहित गर्ने भएको छ ।

साथै सरकारले पूँजी बजारको विस्तार गर्दै आन्तरीक लगानीको परिचालनलाई गतिशिल बनाउने नीति अघि सारेको छ । सरकारले अब विभिन्न संघसंस्था र कोषहरुमा रहेको रकमलाइ उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने भएको छ ।

त्यस्तै सरकारले सरकारी खर्च व्यवस्थापनलाइ नतिजा उन्मुख बनाउँदै स्पष्ट नतिजा प्राप्तिको सुनिश्चितता नभएका र पर्याप्त तयारी नसकिएका कार्यक्रम तथा आयोजनाबाट बजेट विनीयोजन नगर्ने भएको छ ।

साथै सरकारले राजस्व चुहावट, अपचलन र अवैध मुद्रा र सम्पत्ती शुद्धिकरण विरुद्ध कठोर कदम चाल्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL