Logo

अब नगदमा भुक्तानी प्रतिबन्ध, सम्पती शुद्धिकरण विरुद्ध सरकारको कठोर नीति

अब नगदमा भुक्तानी प्रतिबन्ध, सम्पती शुद्धिकरण विरुद्ध सरकारको कठोर नीति



काठमाडौं । सरकारले अब नगद भुक्तानी गर्न बन्देज लगाउने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तत गर्दै सबै खाले भुक्तानीलाई बैंक खातामार्फत बाट मात्रै गर्ने उद्घोष गरेको छ ।

नीति तथा कार्यक्रम अनुसार सरकारी, निजी र संगठित क्षेत्रबाट हुने सबै खाले भुक्तानीलाई बैंक खाताबाट मात्र गर्ने व्यवस्था गरेको हो ।

त्यस्तै, विभिन्न संघ संस्था र कोषहरुमा रहेको निष्कृय श्रोतलाई उत्पादन मुलक क्षेत्रमा लगाइने भएको छ भने वित्तीय क्षेत्रका नियामक निकायहरुको नियामकीय क्षमता अभिवृद्धिका लागि पनि विशेष योजना ल्याउने छ ।

यसैगरी राजस्व चुहावट, अपचलन तथा अबैध मुद्रा र सम्पती शुद्धिकरण विरुद्ध कठोर कदम चाल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL