Logo

मेगाको ‘ट्याब बैंकिङ सेवा’ सुरु, सवैलाई बैंकिङ प्रणालीमा समेटिने

मेगाको ‘ट्याब बैंकिङ सेवा’ सुरु, सवैलाई बैंकिङ प्रणालीमा समेटिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२७ फागुन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सुदूर र मध्यपश्चिमाञ्चलका विकट जिल्लाबाट अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ संचालनमा ल्याएको छ । बेलायती सहयोगमा संचालित सक्षम एक्सिस टू फाइनान्स नामक परियोजनासँगको सहकार्य मेगा बैंकले यो सेवा संचालनमा ल्याएको हो ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सक्षम एक्सिस टू फाइन्स कार्यक्रम प्रमुख बलजीत बोहेराले ट्याब बैंकिङ सेवा संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सेवा सुदूरपश्चिमका अछाम, बैतडी, डडेल्धुरा, कैलाली तथा मध्यपश्चिमका दाङ र सल्यानमा संचालन हुनेछ । त्यसका लागि मेगा बैंकले आगामी ३ बर्षभित्र ४ वटा शाखा, ३० वटा शाखारहित बैंकिङ सेवा र स्थानीय एजेन्टमार्फत ट्याबलेट बैंकिङ सेवा संचालन गर्ने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले जानकारी दिए ।

‘हलोदेखि हाइड्रोसम्मका सबै नेपालीको बैंक’ भन्ने नारालाई सार्थक बनाउन बैंकले सक्षमसँगको सहकार्यमा नेपालमै पहिलोपटक ट्याबलेट बैंकिङ सेवा संचालनमा ल्याउन लागेको सिइओ शाहले बताए । यो कार्यक्रममार्फत सुदूरपश्चिमका जिल्लामा मेगा बैंकले पहिलोपटक पाइला राख्न पाउँदा आफूहरु उत्साहित भएको उहाँले भनाइ थियो ।

सिइओ शाहका अनुसार, यो सेवा अत्यन्तै आधुनिक र मितव्ययी छ । पत्रकार सम्मेलनमा ट्याब बैंकिङ सेवा संचालन गर्ने तरिका तथा फाइदाका विषयमा समेत जानकारी दिइएको थियो । ट्याबलेट बैंकिङबाट वित्तीय साक्षरता समेत बढाउने विश्वास लिइएको छ ।

सक्षम कार्यक्रमका टिम लिडर बोहराले उपयुक्त माध्यममार्फत ग्रामीण क्षेत्रका बासिन्दाको घरदैलोमा माइक्रो बैंकिङ सेवाहरु छिट्टै संचालन गर्न आफूहरु लागिपरेको जानकारी दिए । शाखारहित बैंकिङ तथा ट्याब बैंकिङ सेवाको प्रयोगले अत्याधुनिक प्रविधिमार्फत वित्तीय कारोबार गर्नका लागि प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

सक्षम कार्यक्रमले बैंक तथा अन्य वित्तीय संस्थाहरुसँगको सहकार्यमा वित्तीय सेवाको पहुँच बढाउँदै आएको छ । वित्तीय दूरी कम गर्न साना मझौला व्यवसायमा बृद्धि गरी गरिब गृहिणी, वित्तीय सेवा नपुगेको क्षेत्रमा निजी क्षेत्रको गतिविधिमा बृद्धि गर्दै गरिबीको संख्या घटाउन यो सहकार्यले मद्दत गर्नेछ ।

नेपाल सरकार र बेलायत सरकारबीचको सम्झौता अनुसार युके एडका लागि डीएफआइडीले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रम संचालन गर्दै आएको छ । डीएफआइडीका लागि लुइस बर्जरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा नेपालमा नेपालमा संचालन गर्दै आएको गर्छ ।

अहिले २८ वटा शाखा, ४८ वटा अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १२ सय भन्दा मेगा रेमिट सञ्जालमार्फत मेगा बैंकले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL