Logo

एपेक्स घोटला काण्डका १४८ जना विरुद्ध मुद्दा दायर, १२७ जना फरार

एपेक्स घोटला काण्डका १४८ जना विरुद्ध मुद्दा दायर, १२७ जना फरार



काठमाडौं । तत्कालिन एपेक्स डेभलप्मेन्ट बैंकमा आर्थिक घोटला काण्डमा १ सय ४८ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरु विरुद्ध १ अर्ब २३ करोड रुपैयाँ विगो सहित मुद्दा दायर गरेको हो ।

सीआईबीका अनुसार उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइएको थियो । सोही अनुरुप उनीहरु विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

जसमा १ सय २७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । एपेक्स घोटला काण्डमा कुल १ सय २८ फाइलमाथी अनुसन्धान भएको थियो ।

जसमध्ये सीआईबीले ८५ वटा फाइलको अनुसन्धान गरेर मुद्दा दायर गरेको र अन्य फाइलको जिल्ला स्तरमा नै अनुसन्धान भइरहेको सीआईबीका एक अधिकारीले जानकारी दिए ।

घोटालामा संलग्न भएको आरोपमा प्रहरीले दुई महिनाअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को बोर्ड बैठक बसिरहेकै बेला १३ जनालाई पक्राउ गरेको थियो ।

समा तत्कालिन एपेक्स बैंकका अध्यक्ष विष्णुप्रसाद धिताललगायत १३ उच्च अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL