काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
सम्झौतामा पत्रमा बिहीबार नेपाल क्रेडिट एण्ड कमर्सका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार एनसीसी बैँकका ग्राहकहरुले बीमा शुल्क भुक्तानी, बीमालेख तथा दाबी भुक्तानी एभरेष्ट इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु एनसीसी बैंकका शाखाहरु मार्फत उपलब्ध हुनेछ ।