Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, १२९५ जनाको स्वस्थ्य परिक्षण

जनता बैंकको सामाजिक उत्तरदायित्व, १२९५ जनाको स्वस्थ्य परिक्षण



काठमाडौं । जनता बैंक नेपालले लमजुङको दोर्दीमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले बैशाख २८ देखी ३० गते सम्म सञ्चालन गरेको उक्त शिविरमा आँखाको निःशुल्क मोति बिन्दु अपरेशन, महिलाको पाठेघर सँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी लगायतको उपचार गरेको हो ।

उक्त शिविरमा १२ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएको थियो । शिविरमा ५ सय जना भन्दा बढी आँखाको विरामीलाई निशुल्क चस्मा समेत वितरण गरेको बैंकले जानकारी दिएको छ ।

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँ सम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा बैंक तथा सहयोगि संस्थाहरुप्रति आभार व्यक्त गरेका छन ।

उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पतालप्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुले सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्