Logo

स्थानीय तह समेट्दै माछापुच्छ्रे बैंक, एकै दिन १० शाखा विस्तार

स्थानीय तह समेट्दै माछापुच्छ्रे बैंक, एकै दिन १० शाखा विस्तार


बिजखबर संवाददाता
27
Shares

काठमाण्डौ । माछापुच्छ्रे बैंकले एक साथ १० शाखा विस्तार गरेको छ ।

बैंकले खोटाङको हलेसी शाखाको उद्घघाटन बैंकका पूर्व अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गराएका छन ।

त्यसतै धनुुषा शाखाको पूर्व अध्यक्ष डा. महतो, संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा उदघाटन गरेको छ । झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपीकृष्ण न्यौपानेले गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले मोरङको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ ।

बैंकले हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने एटिएमको सुविधा समेत ब्यवस्था गरेको छ ।

बैकले २०७४ चैत्र मसान्त सम्म ६८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको बैंकले जानकारी दिएको छ ।

बैकले ७४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउण्टर तथा १९ शाखा रहित बैकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL