काठमाडौं । गरिमा विकास बैंकले ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ ।
बैंकले मंगलबार एक कार्यक्रम गरी संचालक डा.आनन्द प्रसाद श्रेष्ठले ‘गरिमा रेमिट’ को उदघाटन गरेको हो ।
रेमिटको माध्यमबाट रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने श्रेष्ठले बताए ।
बैककका प्रमुख कार्यकारी गोविन्द प्रसाद ढकालले छोटो समयभित्र नै गरिमा रेमिटलाई स्थापित ब्राण्ड बनाउने गरी कार्य गरिने बताएका छन ।
बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याउने बताएका छन ।
बैंकले राजधानीमा ५ शाखा तथा देशभरिमा ७५ शाखा कार्यालय र १२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकको चूक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रुपैयाँ रहेको छ । बैंकले २०७५ बैशाख मसान्त सम्म १८ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
उक्त अवधि सम्म बैंकले ४४ करोड सञ्चालन मूनाफ आर्जन गर्न सफल भएको छ ।