Logo

महालक्ष्मी बैंक र सिटिजन लाइफबीच सम्झौता, महालक्ष्मीका ग्राहकलाइ सिटिजनको सेवा

महालक्ष्मी बैंक र सिटिजन लाइफबीच सम्झौता, महालक्ष्मीका ग्राहकलाइ सिटिजनको सेवा



काठमाडौं । महालक्ष्मी विकास बैंकले सिटिजन लाइफ इन्स्योरेन्स संग बैंकासुरेन्स सम्झौता गरेको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्धेष्यले बैंकासुरेन्सको सुरुवात गरेको हो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्स का प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात ग्राहकहरुले बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL