Logo

इन्भेष्टमेण्ट बैंकले खोल्यो एकैदिन ४ शाखा कार्यालय, शाखा संख्या ७० पुग्यो

इन्भेष्टमेण्ट बैंकले खोल्यो एकैदिन ४ शाखा कार्यालय, शाखा संख्या ७० पुग्यो



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एकैदिन ४ ओटा शाखा र एउटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैकले सोमबार दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको होे ।

साथै सोहि दिन रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । सो शाखाहरु सञ्चालनमा आएसंगै शाखा संख्या ७० पुगेको छ भने एक्स्टेन्सन काउन्टरको संख्या ५ पुगेको बैंकले जानकारी दिएको छ ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई बैंकिङ सेवा प्रदान गर्न प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गरेको जानकारी दिएको छ ।
बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

बैंकको हालको चुक्ता पूँजी १० खर्व ६४ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको चैत्र मसान्तको वित्तिय विवरण अनुसार निक्षेप १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १ सय १८ अर्ब रुपैयाँ पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL