काठमाडौं । महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा हिमालयन माध्यमिक विद्यालयमा दन्त शिविर सञ्चालन भएको छ ।
बैंकको आर्थिक सहयोग तथा कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोगमा १ सय १५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको छ । उक्त शिविरमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थिहरुको दन्त परिक्षण गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नं २२ मा रहेको सो विद्यालयमा दन्त परिक्षणका साथै जेहन्दार तथा आर्थिक रुपमा कमजोर ८ जना विद्यार्थिहरुलाई पाठ्यपुस्तक सामग्री वितरण गरेको बैंकले जानकारी दिएको छ ।
विद्यालयका प्रधानाध्यापक हिरा लक्ष्मी श्रेष्ठले विद्यालयमा पहिलो पटक भएको दन्त परिक्षण भएको र यस्ता कार्यक्रमले विद्यालयका बालबालिकाहरु आफ्नो स्वास्थ्यप्रति सचेत भएको बताएका छन ।