काठमाडौं । सनराइज क्यापिटलले सनराइज लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।कम्पनीले बुधबार नेपाल धितोपत्र बोर्डद्धारा आयोजना गरिएको पुँजी बजार प्रदर्शनिमार्फत सो सेवाको सुरुवात गरेको हो ।
कम्पनीले सो सेवा अन्तरगत डिस्क्रीनरी, नन् डिस्क्रीनरी र कस्टोडियल सेवा उपलब्ध गराउने भएको छ ।
कम्पनीले सो सेवामा लामो समयदेखि अनुभव भएका जनशक्तिको समुहले शेयर बजारको सुक्ष्म अध्ययन र विश्लेशण गर्दै सेवालाइ चुस्त र दुरुस्त बनाउने प्रतिबद्धता लिएको छ ।