Logo

मुक्तिनाथ विकास बैंकको शाखा विराटनगरमा, शाखा संख्या ७८ पुग्यो

मुक्तिनाथ विकास बैंकको शाखा विराटनगरमा, शाखा संख्या ७८ पुग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगरको मेनरोड जलजला चोकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । बुधबार सो शाखा सञ्चालनमा ल्याएसंगै बैंकको शाखा संख्या ७८ पुगेको छ ।

शाखाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले सो शाखा सञ्चालनमा ल्याएकोमा खुसि व्यक्त गरे ।

कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकले आफ्ना समकक्षी विकास बैंकहरुमो प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्