Logo

एनबिआइले गर्याे फाइनान्सियल फ्रड कन्फ्रेन्स, ८ बर्षमा ३६ अर्ब बैंकिङ घोटला

एनबिआइले गर्याे फाइनान्सियल फ्रड कन्फ्रेन्स, ८ बर्षमा ३६ अर्ब बैंकिङ घोटला



काठमाडौं । नेशनल बैंकिङ ईन्ष्टिच्युट ‘एनबिआइ’ ले फाइनान्सियल फ्रड कम्फ्रेन्सको आयोजना गरेको छ । ईन्ष्टिच्युटले भारतको फीन्टेलेक्ट संस्थासंगको सहकार्यमा सोमबार बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधको बारेमा अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्न सो कन्फ्रेन्सको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै, एनबिआई का कार्यकारी अधिकृत संजिब सुब्बाले विश्व भरी नै वित्तिय अपराध न्यूनिकरण तथा रोकथाम को लागी अति सबल र चुस्त कार्य प्रणाली संचालनमा ल्याउन जरुरी भएको बताए ।

सम्मेलनमा स्रोतव्यक्तिको रुपमा भारतबाट आएकी प्रीयङ्का कादमले रेमिटान्सको विजनेसमा हुने गरेको वित्तिय अपराध बारे जानकारी दिदै सो खालका अपराधिक क्रियाकलापकोे रोकथाम गर्ने तरिकाबारे जानकारी दिइन ।

कार्यक्रमको प्यानल डिस्कसनमा बोल्दै पुर्व बैंकर ससिन जोशी ले बैंकिङ अपराध हुनुमा कायम प्रणाली मा ध्यान नदिनु, लापरवाही गर्नु, आपसी मिलोमतो को गठबन्धन तयार गर्नु र दक्ष ज्ञान को कमी हुनु नै प्रमुख कारण रही आएको बताए । य

सका साथै नेपाल प्रहरीका डीआईजी पुष्कर कार्कीले विगत आठ वर्षमा १ सय ७८ वटा बैंकिङ अपराधका घटनाहरु सार्वजनिक भएको बताएका छन् । जसबाट करिब ३६ अर्ब रुपैयाँ घोटला भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL