Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ३४४ जनाले गरे रक्तदान

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ३४४ जनाले गरे रक्तदान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बार्हौ वर्षमा प्रवेश गरेको अवसरमा आफ्ना विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम संचालन गरेको हो ।

बैंकले उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणहिटी पथ, सामाखुशी, बौद्ध, ठिमीलगायत शाखाबाट ३ सय ४४ जना शक्तदाताहरुले रक्तदान गरेको जानकारी दिएको छ ।

बैंकले आर्थिक वर्ष २०७४ ७५ को तेस्रो त्रयमास सम्ममा ६० अर्व २५ करोड निक्षेप संकलन गरेको छ । साथै ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ ।

सोहि अवधि भित्र बैंकको १ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र १ अर्व ९८ लाख खुद नाफा आर्जन गर्दै गत वर्ष सोहि अवधिका तुलनामा क्रमस ३२. दशमलव ७२ र १४ं दशमलव ३९ प्रतिशतले वृद्धि भएको हो । बैंकले हाल ६८ ओटा शाखा, ६९ ओटा एटिएमबाट देशभरका ग्राहकलाइ सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL