Logo

मुक्तिनाथ विकास बैंक जनकपुरमा, शाखा संख्या ७७ पुग्यो

मुक्तिनाथ विकास बैंक जनकपुरमा, शाखा संख्या ७७ पुग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरमा ७७ औँ शाखा विस्तार गरेको छ ।

बैंकले जनकपूर उप–महानगरपालिकाको भानुचोकमा नयाँ शाखा विस्तार गरेको हो ।

सोमबार उक्त शाखाको नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै शाक्यले बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्नेमा विस्वस्त रहेको बताएका छन ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न बैंकलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्