Logo

गभर्नर्स कप उपाधी एनआइसी एशियालाई

गभर्नर्स कप उपाधी एनआइसी एशियालाई



काठमाडौं । गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एनआइसी एशियाले बाजी मारेको छ ।

नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकद्वारा आयोजित सो प्रतियागितामा एनआइसी एशिया प्रथम भएको हो ।

१६ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा एनआइसी एशिया प्रथम भएको हो ।

बैंकले देशभरिमा १ सय ९९ शाखा कार्यालय, १ सय ९८ एटिएम तथा ५ वटा एक्स्टेन्सन काउन्टरबाट सेवा दिइरहेको छ ।

बैंंकले ६ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार १ अर्ब ५८ करोड रुपैंयाँ बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ अर्ब ९ करोड रुपैंया र कुल निक्षेप करिब १ अर्ब ३३ करोड रुपैंया पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL