Logo

सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण, ग्राहकलाई पायक पर्ने ठाउँमा सारीएको बैंकको भनाइ

सनराइज बैंकको दुहवी शाखा स्थानान्तरण, ग्राहकलाई पायक पर्ने ठाउँमा सारीएको बैंकको भनाइ



काठमाडौं । सनराइज बैंक सुनसरी जिल्लाको दुहवी शाखालाई स्थानान्तरण गरेको छ ।बैकले हाल सुनसरीको दुहवी नपा वडा न ५ बाट करिव ५० मिटरकोे दुरीमा सो शाखा स्थानान्तरण गरेकोे हो ।

आईतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा सो शाखाको उदघाटन गरेका थिए ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL