Logo

एनसीसीको शाखा बागलुङमा, गुणस्तरीय र उत्कृष्ट सेवा प्राथमिकतामा

एनसीसीको शाखा बागलुङमा, गुणस्तरीय र उत्कृष्ट सेवा प्राथमिकतामा



काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी बैंक) ले बागलुङमा शाखा स्थापना गरेको छ ।

शाखाको उदघाटन गर्दै बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले एनसीसी बैंक बागलुङमा स्थापना भएकोमा खुशी व्यक्त गरेका छन । कार्यक्रममा बोल्दै प्रमुख पौडलले बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा समेत सहभागि हुनु पर्नेमा जोड दिएका छन ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले बागलुङमा स्थापना भएको शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बताएका छन ।

बैंकको पछिल्लो वित्तीय विवरण अनुसार बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्ममा ५९ अर्ब १ करोड रुपैंया निक्षेप संकलन गरेको छ । त्यसै गरी ५२ अर्ब १२ करोड रुपैंया कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ । साथै सोही अवधिमा बैंकको खूद नाफा ५४ करोड ३१ लाख रुपैंया रहेको छ ।

गत आवको यसै अवधिको खूद नाफा १६ करोड ७६ लाख मात्र रहेको बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्