काठमाडौं । बैंक अफ काठमाण्डू र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
बुधवार बैंकका तर्फबाट प्रमुख–बजार व्यवस्थापन रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सो सम्झौता पश्चात सम्पूर्ण ग्राहकले बैंकका शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।