Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ११ औं बार्षिकोत्सवमा विद्यालयलयाई १ लाख हस्तान्तरण

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, ११ औं बार्षिकोत्सवमा विद्यालयलयाई १ लाख हस्तान्तरण



काठमाडौं । सिटिजन्स बैंकले श्री जनउदय माध्यमिक विद्यालयलाई १ लाख रुपैंया आर्थिक सहयोग उपलब्ध गराएको छ ।

‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने मुल नाराका साथ बैंकिङ सेवा पुर्याउँदै आएको बैंकले आफ्नो ११ औं बार्षिक उत्सवको अवसरमा विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई विगत देखि नै आर्थिक सहयोग गर्दै आएको छ ।

सोमबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले विद्यालयका अध्यक्ष शिवगोपाल थापा मगरलाई १ लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL