Logo

सिटिजन्सले गर्याे विद्यालयलाई साँढे २ लाख सहयोग, रकम शिक्षकको तलवमा खर्च गरीने

सिटिजन्सले गर्याे विद्यालयलाई साँढे २ लाख सहयोग, रकम शिक्षकको तलवमा खर्च गरीने



काठमाडौं । सिटिजन्स बैैंकले एक विद्यालयलाइ आर्थिक सहयोग गरेको छ । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारासहित बैंकले कमल निम्न माध्यामीक विद्यालयलाई २ लाख ५० हजार नगद सहयोग गरेको हो ।

आफ्नो ११ औं बार्षिक उत्सवको अवसरमा सो रकम बैंकले विद्यालयलाई सहयोग गरेको हो । सोे रकम बराबरको चेक विद्यायलयका प्राचार्य एमबि खड्कालाई उमंग शर्माले हस्तान्तरण गरेकी हुन ।

प्राचार्य खड्काले सो रकम विद्यालयका शिक्षकहरुको तलवमा खर्च गर्ने बताए ।

सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्