Logo

सनराइजले गर्यो १५ प्रतिशत बोनस वितरण, चुक्ता पूँजी ८ अर्ब पुग्यो

सनराइजले गर्यो १५ प्रतिशत बोनस वितरण, चुक्ता पूँजी ८ अर्ब पुग्यो



काठमाडौं । सनराइज बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गरेको छ ।

बैंकले १ करोड ६ लाख ३३ हजार ७ सय ६८ दशमलव ५० कित्ता सेयर वितरण गरेको बैंकले जनाएको छ ।

बोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैंया पुगेको हो ।

बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैंया पुर्याउन राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले गत आ.ब. २०७३÷०७४ को मुनाफाबाट बोनस सेयर जारी गरी सो रकम पुर्याएको बैकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL