काठमाडौं । एनआईसी एशिया बैंकले आईएफसीबाट दिर्घकालिन ऋण ल्याएर नेपालमा लगानी गर्ने भएको छ । देशमा तरलता (लगानी योग्य पूँजी) अभाव भएसँगै बैंकले विदेशी संस्थाबाट ऋण ल्याउन लागेको हो ।
दुई संस्थाबीच दिर्घकालीन कर्जा लिने दिने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आईएफसीका आवासीय प्रतिनिधि रोहन रशिदले हस्ताक्षर गरेका हुन् ।
दुई संस्थाबीचको सम्झौतासँगै दीर्घकालीन कर्जा सापट लिनका लागि बैंकले नियमक निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि आवेदन दिइसकेको छ । गरिसकेको छ । देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र पयाप्त स्रोत परिचालन गर्न नसकेको भन्दै बैंकले विदेशी संस्थाबाट कर्जा लिन लागेको हो ।
साथै सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्नका लागि चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तरराष्ट्रिय बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको जानकारी दिएको छ । उक्त दीर्घकालीन कर्जा प्रस्ताव नियमनकारी निकायबाट स्वीकृत भई कर्जा सापटी लिई देशमा परिचालन गर्न सकेको खण्डमा बाह्य क्षेत्रबाट समेत स्रोत संकलन गर्ने तथा परिचालन गर्ने प्रयासमा कोशेढुंगा सावित हुने बैंकको विश्वास छ छ ।
उक्त कर्जा वापत प्राप्त हुने रकम बंैकले आईएफसी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने र त्यस क्षेत्रमा लगानी वृद्धि हुनाले देशको आर्थिक वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने बैंकले जानकारी दिएको छ ।