Logo

एनआईसी एशिया पुग्यो भरतपुरको चोकबजार, शाखा संख्या १९२

एनआईसी एशिया पुग्यो भरतपुरको चोकबजार, शाखा संख्या १९२



काठमाडौं । एनआईसी एशिया बैंकले चितवनको भरतपुरस्थित आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भरतपुरको चोकबजारमा सञ्चालनमा आएको सो शाखाको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गरेकी हुन ।

सोमबार आयोजित उदघाटन कार्यक्रमका बोल्दै मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको बताइन ।

यसका साथै उनले बैंकको यसप्रकारको रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको जानकारी दिइन ।
बैंकले हाल १ सय ९२ शाखा कार्यालयहरु, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा ४ वटा ब्रान्चलेस बैंकिङ मार्पmत् बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्