Logo

सनराइजको २ शाखा विस्तार, पुग्यो रौतहट र जूम्ला

सनराइजको २ शाखा विस्तार, पुग्यो रौतहट र जूम्ला



काठमाडौं । सनराइज बैंकले रौतहट र जुम्लामा थप २ शाखा विस्तार गरेको छ ।

बैंकले आइतबार एक कार्यक्रम गरि रौतहटको दुर्गाभगवती गाउँपालिका र जूम्लाको गुठीचौर गाउँपालिकामा शाखा बिस्तार गरेको जानकारी दिएको छ ।

रौतहटको दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार शाह र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा उदघाटन गरेको छ । त्यस्तै जूम्ला गुठीचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारी र बैंकका नायब महाप्रबन्धक रविन नेपालले संयुक्त रुपमा उदघाटन गरेको बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ७८ शाखा, ९५ एटिएम, २० शाखारहित बैंकिङ सेवा र ३ एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL