Logo

सेञ्चुरी बैंक र रिलायंस लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र रिलायंस लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता



काठमाडौं । सेञ्चुरी बैंक र रिलायन्स लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्सको सम्झौता भएको छ ।

सम्झौता अनुसार ग्राहकले बैंकबाट उक्त कम्पनीको बिमा लेख, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।

सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुलीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

बैकको उपत्यकामा ११ शाखा र ५ एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखा ३ एक्स्टेन्सन काउण्टरका साथै १० शाखारहित बैंकिङ गरी १११ स्थानबाट सेवा प्रदान गर्दै आएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्