Logo

स्थानीय विकासमा सिटिजन्स बैंकको सहयोग, सवा ३ करोड वितरण

स्थानीय विकासमा सिटिजन्स बैंकको सहयोग, सवा ३ करोड वितरण



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले भुकम्प प्रभावित क्षेत्रमा स्थानी बाटो निर्माणका लागि नगद हस्तान्तरण गरेको छ ।

बैंकले विश्व खाद्य कार्यक्रमको आयोजना र ओएल्ट हङगर हाइलाईफ को सहयोगमा नगद वितरण गरेको छ । बैंकले ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको बैकले जानकारी दिएको छ ।

जस अन्तर्गत बैंकले धादिङको झारलाङ र रिगाँउ गाविसको २ हजार ६ सय ५० परिवारलाई ३ करोड ३१ लाख रुपैयाँ वितरण गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले स्थानीय विकास निर्माणमा सहयोग तथा विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन रकम वितरण गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL