Logo

सनराइज बैंक र गोरखा डिपार्टमेन्टबीच सम्झौता, भीसा कार्डमार्फत सामान खरिदमा १० प्रतिशत छुट

सनराइज बैंक र गोरखा डिपार्टमेन्टबीच सम्झौता, भीसा कार्डमार्फत सामान खरिदमा १० प्रतिशत छुट



काठमाडौं ।सनराइज बैंक र गोरखा डिपार्टमेन्टबीच सामान खरिदमा छुटको लागि सम्झौता भएको छ ।

सो बैंक र डिपार्टमेन्टबीच नेपालभर संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशत सम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सनराइज बैंक विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक वलराम आचार्यले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकहरुलाइ भिसा सँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड बाट हुने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकमा खाता नभएका ग्राहकरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सक्नेछन ।

यो योजना २०७५, बैशाख १ गते देखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पुर्ण खरिदहरुमा लागु हुने बैंकले जानकारी दिएको छ ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL