Logo

सिभिल बैंक र विवेक अटोमोवाईल्स बीच सम्झौता, विपन्न वर्गलाइ अटोलोन प्रदान

सिभिल बैंक र विवेक अटोमोवाईल्स बीच सम्झौता, विपन्न वर्गलाइ अटोलोन प्रदान



काठमाडौं । सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्स प्रालिबीच विपन्न वर्ग कर्जा कार्यक्रमको लागि सम्झौता भएको छ ।

बिहीबार सिभिल बैंकका चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाईल्स प्रालिको कार्यकारी निर्देशक विवेक दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुरुप विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको ३ पांग्रे सवारी साधन ‘पियाजो’ लाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानी गर्ने बैंकले जानकारी दिएको छ ।

यस सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाईदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजित कुमार शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL