Logo

नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता, सबै शाखाबाट सेवा लिन सकिने

नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता, सबै शाखाबाट सेवा लिन सकिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एभरेष्ट बैंक लिमिटेडसंग बैंकान्स्योरेन्स सम्झौता गरेको छ ।

ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबार बैंकान्स्युरेन्स सम्झौता भएको कम्पनीले जानकारी दिएको छ ।

सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्सका कर्पोरेट मार्केटिङ प्रमुख पवन कुमार खड्का र एभरेष्ट बैंक लिमिटेडका नायब महाप्रबन्धक केशव राज पौडेल ले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभरका शाखाहरूबाट ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न सक्नेछन । साथै बीमा शुल्क भुक्तानी गर्न सहज हुने र जीवन बीमासम्बन्धी सम्पूर्ण सेवासुबिधा प्राप्त गर्न सहज हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्