Logo

सेञ्चुरी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता



काठमाडौं । सेञ्चुरी बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

सम्झौता अनुसार ग्राहकले बैंकबाट बिमा लेख, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सेवा प्राप्त गर्ने छन ।

बैकको उपत्यकामा ११ शाखा, ५ एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखा ३ एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैंकिङ गरि १११ स्थानबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL