Logo

सनराइज बैंकको शाखा स्थानान्तरण

सनराइज बैंकको शाखा स्थानान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकले बानियाटार शाखालाई स्थानान्तरण गरेको छ ।

आईतबार एक कार्यक्रम बीच उक्त शाखाको साविकको स्थानबाट ३० मि.को दुरी मा स्थानान्तरण गरेकोे हो ।
बैंकका अध्यक्ष मोतीलाल दुगडले बानियाटार शाखाको उदघाटन गर्दै बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताएका छन ।

त्यसैगरि बैंकले सेन्ट्रल पार्क विशालनगरमा एटिएम संचालनमा ल्याएको छ । सेन्ट्रल पार्कका अध्यक्ष कल्याण पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेन्ट्रल पार्क एटिएमको संयुक्त रुपमा उदघाटन गरेका हुन ।

बैंकको ७६ शाखा, ९५ एटिएम, २० शाखारहित बैंकिङ सेवा र ३ एक्सटेन्सन काउण्टरद्धारा सेवा प्रदान गर्दै आएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL