Logo

इलाममा एनआईसीको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ४ पुग्यो

इलाममा एनआईसीको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ४ पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले इलामको घट्टबजारमा आफ्नो शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै बैंकले सो सेवाको उद्घाटन गरेको हो । यसका साथै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या ४ पुगेको छ ।

बैंकले उक्त सेवाको प्रतिनिधिमा स्थानिय धर्ममणि गौतमलाइ नियुक्त गरिएको जानकारी दिएको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्ने बताइएको छ ।

साथै बैंकले सोे सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवालगायतका सेवा लिन सक्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL