Logo

सनराइजले सुरु गर्यो भाईबर बैंकिङ, मोबाइलबाटै सम्पूर्ण बैंकिङ जानकारी

सनराइजले सुरु गर्यो भाईबर बैंकिङ, मोबाइलबाटै सम्पूर्ण बैंकिङ जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सनराइज बैंकले भाईबर बैंकिङ सेवा सुरु गरेको छ ।

भाईबर बैंकिङ सेवा मार्फत ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ सेवा जानकारी लिन सकिने बैंकले जानकारी दिएको छ ।

उक्त सेवा लिनका लागि ग्राहकले आफ्नो मोबाइल नम्बर बैंकको स्मार्ट बैंकिङ सेवामा रजिष्टर गर्नु पर्ने छ । भाईबर बैंकिङ मार्फत ग्राहकले खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ ।

बैंकले ७६ शाखा, २० शाखा रहित बैंकिङ सेवा ३ एक्सटेन्सन काउण्टर, ९४ एटिम मार्फत सेवा प्रदान गर्दै आइरहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL