Logo

इन्भेष्टमेण्ट बैंकको शाखा चनौली र दलदलेमा

इन्भेष्टमेण्ट बैंकको शाखा चनौली र दलदलेमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई शाखा स्थानान्तरण गरेको छ ।

बैँकले स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेको छ ।

नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्त गरेपछि भरतपूर महानगरपालीका २० चनौली र देबचूली नगरपालिका १४ दलदलेमा स्थानान्तरण गरेको बैँकले जनाएको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्व ६२ करोड रुपैयाँ रहेको बैंकको पुष मसान्तको वित्तिय विवरण अनुसार निक्षेप १ अर्व ३० करोड रुपैयाँ तथा कूल कर्जा लगानी १ अर्व १४ करोड रुपैयाँ पुगेको बैँकले जनाएको छ ।

बैँकको ७ वटै प्रदेशमा गरि ६६ शाखा रहेको छ भने ४ एक्स्टेन्सन काउन्टर तथा ९ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र रहेको बैंकले ९८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६१ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ‘दि बैँकर’ फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक ‘बैंक अफ दि इयर’को उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट ए वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL