काठमाडौं । वीरगंजस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नै भवनबाट बैकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दैै हाल रहेको कार्यालय भन्दा करिब १ सय ५० मिटर दक्षिणमा रहेको आफ्नै भवनमा सेवा संचालन गरेको हो ।
सो कार्यक्रममा बोल्दै वीरगंज शाखाका प्रबन्ध निर्देशक दिवस सिंह ठकुरीले अब आफ्नै भवनबाट छिटो ,छरितो ,चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसका साथै उनले आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायीक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाई टेवा पुर्याउने उद्देश्यले विभिन्न नयाँ योजनाहरु ल्याउने बताएका छन ।
बैकले हाल ६८ शाखा, ६५ एटिएम र ९९ शाखा रहित आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।