Logo

सिभिल बैंकले दकममा खोल्यो ५८ औं शाखा, थप शाखा विस्तार गर्दै

सिभिल बैंकले दकममा खोल्यो ५८ औं शाखा, थप शाखा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिभिल बैंकले झापाको दकममा नयाँ शाखा संचालमा ल्याएको छ । बैंकले आज एक कार्यक्रमकाबीच दमकमा आफ्नो ५८औं शाखा विस्तार गरेको हो ।

उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् । उदघाटनलाई सम्बोधन गर्दै शिबाकोटीले खर्च गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक पूँजी निर्माण गर्न आग्रह गरे ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले  ग्राहकको  चाहाना अनुसार प्रविधि केन्द्रीत सेवा दिँदै बैंकले नयाँ नयाँ प्रोडक्ट ल्याउने जानकारी दिए । सो अवसरमा दमक नगरपालिका वडा नं ६ का अध्यक्ष टेक बहादुर थापाले बैंकका विविध निक्षेप तथा कर्जा सुविधाले स्थानीयको आर्थिक स्थिति उकास्न सहयोग पुर्याउने बताए ।

बैंकले हालसम्म ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी करिव ३६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL