Logo

एनसीसी बैंक घोटला काण्ड, संचालक सहित १३ कर्मचारी सीआईवीको थुनामा

एनसीसी बैंक घोटला काण्ड, संचालक सहित १३ कर्मचारी सीआईवीको थुनामा


बिजखबर संवाददाता
0
Shares

केन्द्रीय अनुसन्धान ब्यरोले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक घोटला काण्डमा बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । तत्कालिन एपेक्स बैंकमा घोटला गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी बैंकिङ कसुर तथा सजाज ऐन अन्तरगत छानविन अघि बढाएको सीआईवीले जानकारी दिएको छ ।

जसमा तत्कालिन एपेक्सका अध्यक्ष विष्णुप्रसाद धिता (हाल एसीसीका संचालक) देखि एपेक्सकै तत्कालिन प्रमुख कार्यकारी अघिकृत, कर्जा प्रमुख, लोकन्थली तथा दरबारमार्गका ब्राञ्च मेनेजरहरुलाई प्रक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

तत्कालिन समयमा पुल मुनी तथा बगरका जग्गा धितोमा राखी नक्कली ऋणी खडा गरी कर्जा दुरुपयोग गरेको आरोपमा उनीहरुलाई सीआईवीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । त्यतिवेला १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटला भएको थियो ।

उनीहरुमाथी कमशल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको, कृतिम ऋणीहरु खडा गरिएको, निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको, ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको, मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको आरोप लागेको सीआईवीले जानकारी दिएको छ ।

यस्तै धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको, कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको, सावाँ र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको, एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेका, र्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको आरोप उनीहरु माथी छ ।

सीआईवीले अनुसन्धान अघि बढाएका कर्मचारीहरु

प्रतिक्रिया दिनुहोस्
MBL