Logo

बैंकको ब्याजदर कार्टेलिङ प्रति पूर्व अर्थमन्त्रीको आक्रोश, भन्छन्, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक सुतेर बसे हुन्छ’

बैंकको ब्याजदर कार्टेलिङ प्रति पूर्व अर्थमन्त्रीको आक्रोश, भन्छन्, ‘अर्थ मन्त्रालय र राष्ट्र बैंक सुतेर बसे हुन्छ’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई दिईने ब्याजदरमा कार्टेलिङ गरेको भन्दै पूर्व अर्थमन्त्रीहरुले त्यसको विरोध गरेका छन् । बैंकहरुले राज्यको खिलाप गर्दै ब्याजदरमा कार्टेलिङ गरेको समेत उनीहरुको आरोप छ । बैंकहरुले नियामक निकायको खिल्ली उडाउँदै नियम कानुन नै आफ्नो हातमा लिएर ब्याजदरमा कार्टेल शुरु गरेको पूर्व अर्थमन्त्रीहरु बताउँछन् ।

यदि बैंकहरुले कार्टेल गरेर ब्याजदर तोक्ने हो भने अर्थ मन्त्रालय र राष्ट्र बैंक सुतेर बसेपनि हुने पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् । ‘अरु सबै क्षेत्रमा पनि अब कार्टेल खडा गर्न छुट नेपाल सरकारले दिएको देखियो,’ उलने आफ्नो ट्वीटमार्फत भनेका छन्, ‘के यहि हो प्रतिस्पर्धात्मक अर्थतन्त्र ?’

यदि यसरी नै बैंकहरुले कार्टेल गर्दै जाने हो भने आगामी दिनमा बैंकिङ क्षेत्र धराशयी हुने अर्का एक पूर्व अर्थमन्त्रीले बताए । ‘बैंकहरुले निक्षेपमा दिइने ब्याजदरमा जुन कार्टेल गरेका छन् त्यो खुला अर्थतन्त्रको विपरित मात्र नभई राष्ट्र र जनताको हितमा समेत देखिएन,’ उनले भने ।

पछिल्लो समय राष्ट्र बैकले नियमन गर्न नसक्दा नेपालका बैंक वित्तीय संस्था अफुखुशी चल्न थालेको समेत सम्बद्ध स्रोतको दावी छ । राष्ट्र बैंकको फितालो नियमनकै कारण अहिले कर्जा–पूँजी–निक्षेप अनुपात, स्प्रेडदर निर्धारण तथा कर्जा दिने क्षेत्रमा बैंकर्स संघको बोलवाला चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्