काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले छापा मारेको छ । सीआईवीले बैंकको केन्द्रीय कार्यालयमा बोर्ड बैंठक भइरहेको बेला छापा मारेको हो ।
बैंक मर्ज हुनभन्दा अघि २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा पक्राउ गरिएको सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए । ‘हामीले बैंक मर्ज हुनुभन्दा पहिला भएको घोटलाको विषयमा छानविन गरेर पक्राउ गरेका हौं,’ उनले भने, ‘हामीले अनुसन्धानका क्रममा बैंककै सहयोगमा छानविन गरी दोषीलाई पक्राउ गरेका हौं ।’
सो विषयमा केही बेरमै विस्तृत विवरण सार्वजनिक गर्ने समेत कार्कीले जानकारी दिए । तर, बैंकका विभिन्न शाखाबाट दर्जनौं अधिकृतहरु समेत पक्राउ परेको स्रोतको दावी छ