Logo

एभरेष्टले निःशुल्क स्वास्थ्य परीक्षण गरेर मनायो महिला दिवस, २ सयले गरे स्वास्थ्य जाँच

एभरेष्टले निःशुल्क स्वास्थ्य परीक्षण गरेर मनायो महिला दिवस, २ सयले गरे स्वास्थ्य जाँच


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले १०८ औं महिला दिवसको अबसरमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

बैंकले नर्भिक अस्पतालसँगको सहकार्यमा संचालित स्वास्थ्य क्याम्पमा २ सय जनाले बिभिन्न विशेषज्ञ डाक्टरहरुबाट गाइनोलोजिस्ट, कार्डिक, अर्थोपेडिकलगायतका सेवा लिएका थिए ।

बरिष्ठ सर्जन डाक्टर ज्योति रायमाझी (राणा)ले महिलामा हुने स्तन क्यान्सर र त्यसबाट कसरी बच्ने भन्ने विषयमा बताएको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्नो उत्कृष्ट सेवा देशभर फैलिएर रहेका ६९ शाखा, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन केन्द्र र ९६ एटिएम मेशिनहरुबाट सेवा दिदै आएको छ ।

बैंकको पुलचोक शाखामा भएको कार्यक्रममा ८ मार्चलाई विश्व महिला दिवसको रुपमा मनाउदैँ आएको र सोही अनुरुप यो वर्ष पनि मनाउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL