Logo

ग्लोबल आइएमई बैंकको ७८औँ शाखारहित बैंकिङ सेवा सर्लाहीमा, मंगलबारदेखि सेवा शुरु

ग्लोबल आइएमई बैंकको ७८औँ शाखारहित बैंकिङ सेवा सर्लाहीमा, मंगलबारदेखि सेवा शुरु


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सर्लाहीको ईश्वरपूर नगरपालिका १ मा शाखा रहित सेवा सञ्चालनमा ल्याएको छ । बैंकको सो ७८औँ शाखारहित बैंकिङ सेवाको ईश्वरपूर नगरपालिकाका मेयर मनोजकुमार देवकोटाले उद्दघाटन गरे ।

बैंकले स्थानीय विजयकुमार शाह कानुलाई व्यवसायीक प्रतिनिधिमा नियुक्त गरेको जानकारी दिएको छ ।

बैंकको हाल १२० शाखा, १२८ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र ७८ शाखा रहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा रहेका प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरी सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्