Logo

ग्लोबल आइएमईको थप २ शाखा रहित सेवा, प्रतिनिधिमा आचार्य र चौधरी

ग्लोबल आइएमईको थप २ शाखा रहित सेवा, प्रतिनिधिमा आचार्य र चौधरी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ शाखा विस्तार गरेको छ । बैंकले मोरङको शनिश्चरे नगरपालिका र सप्तरीको शम्भुनाथ नगरपालिका कठौना बजारमा नयाँ शाखा विस्तार गरेको हो ।

मोरङ शाखाको शनिश्चरे नरपालिकाका उप–मेयर यमुना बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमिटेडका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले उद्दघाटन गरेको जारी बिज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सप्तरी शाखाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्रप्रसाद चौधरी तथा बैंकका रविन्द्र ढकालले संयुक्त उदघाटन गरेको बताए । मोरङ र सप्तरीको लागी स्थानीय सोमनाथ आचार्य र शिवनारायण चौधरीलाई प्रतिनिधि नियुक्त गरिएको बैँकले जनाएको छ ।

बैंकको हाल १ सय २० शाखा, १ सय २८ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र ७४ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

त्यस्तै बैंकले भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि कार्यालय स्थापना गरि सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्