काठमाडौं । हिमालयन बैंक लिमिटेडले नेपालगंञ्ज उपमहानगरपालिका कार्यालयलाई १ लाख ५० हजार नगद सहयोग गरेको छ ।
नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा, सिसिटिभी जडान लगायतका क्रियाकलापहरु प्रभावकारी बनाउन सहकार्य गर्ने उद्देश्यसहित सो रकम बराबरको चेक प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
सोमबार एक कार्यक्रमबीच नेपालगंज शाखाका प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाइ सो चेक हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा मेयर डा. राणाले सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद व्यक्त गरे । साथै नगर क्षेत्रको फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीे तथा संघ संस्थाको साझा कार्यक्रम भएको बताए ।