Logo

शाखा विस्तारमा ‘एग्रेसिभ’ हुँदै सानिमा, एकैपटक ७ नयाँ शाखा सञ्चालनमा

शाखा विस्तारमा ‘एग्रेसिभ’ हुँदै सानिमा, एकैपटक ७ नयाँ शाखा सञ्चालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सानिमा बैंकले एकैपटक ७ नयाँ शाखा स्थपना गरेको छ । बैंकले डडेलधुरा, कैलाली, टिकापुर, पाल्पा, उदयपुर, सप्तरी र इलाममा गरि थप ७ शाखाको विस्तार गरेको हो ।

नयाँ शाखा कार्यालय स्थापनासँगै सेवा विस्तार गरेको उक्त शाखाको बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाले संयुक्त उदघाटन गरेका हुन्

यता तान्सेन शाखा भने ब्राण्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य तथा संचालक थापाले संयुक्त उदघाटन गरेको बताएको छ ।
थापाले ग्राहकको भावनानुरुप थप सेवा तथा सुविधाका लागि बैंकले शाखा बिस्तार गर्दै जाने बैंकले जानकारी दिएको छ ।

साथै थप शाखा बाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरेको छ । उदघाटनमा मह जोडीले बैँकको थप शाखा संचालनमा आएकोमा सम्पूर्ण स्थानियवासीलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलताको कामना गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकको ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ । बैकको ०७४ असार मसान्त सम्ममा पुँजी कोष १५.५७ प्रतिशत, कर्जा निक्षेप अनुपात ७१.६६ प्रतिशत र निष्कृय कर्जा ०.०१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL