Logo

सिटिजन्स बैंककोे ६८ औं शाखा सिमलचौरमा, कृषि तथा पशुपालनमा लगानी गरिने

सिटिजन्स बैंककोे ६८ औं शाखा सिमलचौरमा, कृषि तथा पशुपालनमा लगानी गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । सोमबार संचालनमा आएको शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्दघाटन गरेका हुन् ।

बैंकले सोहि दिनबाट कारोबार सुरु गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारको नियमन र चाहानाअनुरुप बैंकिङ क्षेत्रलाई ७६६ वटै स्थानीय तहमा पुर्याउन बैकले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको जानकारी दिएको छ ।

बैँकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैँकको कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने बताएको छ । उक्त शाखाका प्रवन्धक अरुण अधिकारीेले यस क्षेत्रमा कृषिकर्जा, पशुपालन, पर्यटन तथा अन्य व्यवसायिक क्षेत्रको सम्भावना रहेको र बैंक यस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आतुर रहेको बताए ।

सर्वसाधारणलाई सजिलै बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले निकट भविष्यमानै बैंकले थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिए ।

बैंकले ग्राहकहरुलाई देशभरी रहेको ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL