काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसि) ले आफ्नो नयाँ शाखा पोखराको बिरौटामा सञ्चालनमा ल्याएको छ ।
सोमबार एक कार्यक्रमबीच पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले उक्त शाखाको उद्घाटन गरेका हुन ।
सो अवसरमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले उक्त शाखाले कृषि र पर्यटन उद्योगमा हुने लगानीलाई जोड दिने बताए । साथै गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
यसका साथै कार्यक्रमका अध्यक्ष एवं एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त क्षेत्रका वासिन्दा, जन प्रतिनिधि र समस्त उद्योग व्यवसायीको सहयोग र शुभेच्छा आवश्यक रहेको बताए ।