Logo

नेपाल इन्भेष्टमेन्ट बैंक ३३ बर्षमा, ग्राहक संख्या ८ लाख पुग्यो

नेपाल इन्भेष्टमेन्ट बैंक ३३ बर्षमा, ग्राहक संख्या ८ लाख पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाकालको ३२औं वर्ष पूरा गरेको छ । बैंक आइतबारदेखि ३३ बर्षमा पुगेको हो ।

८ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । बैंकको ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको छ । त्यस्तै ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको जानकारी दिएको छ ।

बैंकले आ.व. २०७३/७४ मा रू.५ अर्ब २४ करोडको सञ्चालन मुनाफा (सम्भावित नोक्सानी व्यवस्था अगाडिको) कमाएको थियो भने बैंकको खुद नाफा रू.३ अर्ब ११ करोड रहेकोे थियो ।

साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी रु १० अर्ब ६२ करोड भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ ।

२०७३/७४ को अन्त्यमा बैंकको सेयरधनी कोष रु १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले रु १ सय ३० अर्ब निक्षेप संकलन गरी १ सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले रु १ अर्ब ८३ करोड खुद नाफा गर्न सफल भएको जानकारी दिएको छ । दोस्रो त्रैमाससम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेको छ ।

साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL