काठमाडौं । लुम्विनी विकास बैंकको मर्जरका कारण बनस्थली चोकमा स्थान्तरण गरेको शाखाको मंगलबार औपचारिक उद्दघाटन गरिएको छ । बैंकले मर्जरका कारण न्यूरोडमा शाखा दोहोरिएको भन्दै सो शाखा ढुंगेधारामा स्थानान्तरण गरेको हो ।
स्थानान्तरण गरिएको शाखाको एक कार्यक्रमबीच बैंकका सञ्चालक समिति सदस्य चिन्तामणी भट्टराईले उद्दघाटन गरे ।
सो अवसरमा बैंकका प्रमुख अधिकृत झलकप्रसाद खनालले बैकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैँकिङ सेवा प्रदान गर्ने बताए । साथै ग्रामीण भेगमा समेत सेवा विस्तारको योजना बनाएको जानकारी दिए ।
बैंकले हाल देशभरका ६० ओटा शाखा तथा १२ एटिएम मार्फत एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, एबिबिएसलगायत बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।